नयाँ ढंगले सञ्चालन गरिँदै कायाकैरन

भरतपुर, ३१ वैशाख ।

चितवनको कायाकैरन मिडिया नेटवर्कलाई नयाँ ढंगले सञ्चालन गरिने भएको छ । युवा व्यवसायी डिलाराम खरेलको नेतृत्वमा सञ्चालन गर्न लागिएको कायाकैरनलाई डिजिटल मिडियाको रूपमा थप सक्रिय बनाउन लागिएको हो ।

हालै उक्त कम्पनीको अध्यक्ष बनेका खरेलले समयको मागअनुसार मिडियालाई प्रस्तुत गर्न लागिएको बताए । विगत १९ वर्षदेखि कायाकैरन दैनिक समाचारपत्र प्रकाशन गर्दै आएको कायाकैरन मिडिया नेटवर्कले अनलाइन न्युज पोर्टल कायाकैरन डटकम पनि सञ्चालन गर्दै आएको छ ।

अनलाइनलाई थप प्रभावकारी बनाउँदै अरू डिजिटल माध्यममा पनि उपस्थिति जनाउने गरी काम गर्न लागिएको खरेलले बताए ।

मिडियालाई थप प्रभावकारी बनाउँदै छिटो, सत्य र तथ्यपरक समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्नका लागि तयारी भइरहेको सञ्चालक लेखराम सापकोटाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट