पाथीभरामा केबलकार बनाउने बाटो खुल्यो
भरतपुर, ३१ वैशाख । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ । केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिएपछि केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको हो । न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार चैत १३ को अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश […]
नयाँ ढंगले सञ्चालन गरिँदै कायाकैरन
भरतपुर, ३१ वैशाख । चितवनको कायाकैरन मिडिया नेटवर्कलाई नयाँ ढंगले सञ्चालन गरिने भएको छ । युवा व्यवसायी डिलाराम खरेलको नेतृत्वमा सञ्चालन गर्न लागिएको कायाकैरनलाई डिजिटल मिडियाको रूपमा थप सक्रिय बनाउन लागिएको हो । हालै उक्त कम्पनीको अध्यक्ष बनेका खरेलले समयको मागअनुसार मिडियालाई प्रस्तुत गर्न लागिएको बताए । विगत १९ वर्षदेखि कायाकैरन दैनिक समाचारपत्र प्रकाशन गर्दै […]
राष्ट्रिय शिक्षा सम्मानबाट अर्किड मावि सम्मानित

भरतपुर, ३१ वैशाख । बुद्ध जयन्तीको अवसर पारेर आयोजित एक समारोहमा भरतपुरस्थित अर्किड माविलाई राष्ट्रिय शिक्षा सम्मान २०८२ द्वारा सम्मानित गरिएको छ । कृषि तथा सहकारी मन्त्री रामनाथ अधिकारीद्वारा विद्यालयका निर्देशक आकाश पौडेललाई सम्मान स्वरूप सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्रमा विद्यालयले समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान सँगै दक्ष जनशक्ति उत्पादन र देशको शिक्षा […]
प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गरिने
मकवानपुर, ३१ वैशाख । सरकारले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाएको सघको कर्मचारीलाई गाउँपालिका वा नगरपालिकाले हाजिर नगराएमा ती स्थानीयत तहको खाता रोक्का गर्ने गरी विधेयकको मस्यौदा तयार गरेको छ । संघीय राजधानी समेत रहेको उपत्यकाका पालिकाहरूमा पनि हाजिर नगराउने प्रवृत्ति बढ्न थालेको छ भने विभिन्न जिल्लामा यस्ता समस्या दिनप्रति बढ्दै गएका छन् । […]
काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु
काठमाडौं, ३१ वैशाख । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-२४ मखन गल्लीको सुरज आर्केड पछाडि रहेको चार तले कच्ची घरमा बुधबार बिहान ६:५० बजे आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी भएको उक्त घर दयाराम श्रेष्ठको हो । आगलागीमा परी एक जनाको मृत्यु भएको एसपी […]