राष्ट्रिय शिक्षा सम्मानबाट अर्किड मावि सम्मानित

भरतपुर, ३१ वैशाख ।
बुद्ध जयन्तीको अवसर पारेर आयोजित एक समारोहमा भरतपुरस्थित अर्किड माविलाई राष्ट्रिय शिक्षा सम्मान २०८२ द्वारा सम्मानित गरिएको छ ।

कृषि तथा सहकारी मन्त्री रामनाथ अधिकारीद्वारा विद्यालयका निर्देशक आकाश पौडेललाई सम्मान स्वरूप सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्रमा विद्यालयले समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान सँगै दक्ष जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत फोकस नेपालद्वारा अर्किड माविलाई छनौट गरिएको बताइएको छ ।

उक्त सम्मान उक्त संस्थाबाट अर्किड माविले दोस्रोपटक प्राप्त गरेको शिक्षक हरिराम रेग्मीले बताउनु भयो । यसअघि २०६८ सालमा प्रथमपटक यसै विद्यालयले उत्कृष्ट विद्यालयको रूपमा उक्त सम्मान पाएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट