राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबलाई

मकवानपुर, २५ वैशाख ।

सातौँ सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

हेटौंडा ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मिकुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाईन् । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।

उपाधिसँगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना राना मगर घोषित हुँदै  नगद १० हजार  प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् ।

उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बांनियाले स्कुटर प्रदान गरेका थिए ।
एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जीवेशकुमार पाण्डे घोषित भए ।

यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library