राष्ट्रिय महिला गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबलाई

मकवानपुर, २५ वैशाख । सातौँ सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी […]

मकवानपुरमा नक्कली नोटसहित १ जना पक्राउ

मकवानपुर, २५ वैशाख । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट प्रहरीले नक्कली नोट बरामद गरेको जिल्ला […]

अपांग जीवन विकास संस्थाका आश्रितलाई कपडा र फलफूल प्रदान

गैंडाकोट, २५ वैशाख । १९७औँ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाले गैंडाकोट- १ मा रहेको अपांग जीवन विकास संस्थामा रहेका आश्रित सबैलाई एकएक सेट कपडा र फलफूल प्रदान गरेको छ । रेडक्रसका संस्थापक जोन हेनरी ड्यूनाको स्मृतिमा मे ८ तारिखका दिन विश्वभर रेडक्रस दिवस मनाउँदै आइएको छ । उनी सन् १८२८ […]

राजसंस्था पुनःस्थापनाका लागि जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन

काठमाडौं, २५ वैशाख । राजावादीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् । राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् । राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताए । उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी […]

रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

रुपन्देही, २५ वैशाख । रुपन्देहीमा करिब ४० जना विद्यार्थी बोकेर गुडिरहेको विद्यालयको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा बसमा आगलागी भएको हो । फर्साटिरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको  लु१क १३२६ नम्बरको बस रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर आउँदै गर्दा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । जिप्रकाका प्रहरी […]

तीनकुनेमा तीन वटा गाडी ठोक्किए, १ जनाको मृत्यु

काठमाडौं, २५ वैशाख । कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बिहीबार बिहान बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र  भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी परिसरका […]

चितवनमा आजदेखि `घर बनाउने´ मेला शुरु

चितवन, २५ वैशाख । चितवनमा पहिलोपटक  ‘घर बनाउने’ मेला आजदेखि सुरु हुने भएको छ । एसवन होम्स र भी ग्रुपको आयोजनामा उद्याेग वाणिज्य संघ नारायणगढमा ‘घर बनाउने’ मेला  हुन लागेको हाे । घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले बुधबार पत्रकार सम्मेलन गरी आयोजकले मेलाको सम्पूर्ण जानकारी दिएको छ । देशकै केन्द्रविन्दु र […]

Sampurna Kitab Library