मकवानपुरमा नक्कली नोटसहित १ जना पक्राउ

मकवानपुर, २५ वैशाख ।

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट प्रहरीले नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धादिङकाे गंगाजमुना गाउँपालिका–२ घर भई हाल हेटौंडा–८ बस्ने ४२ वर्षीय अधिकारीलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अधिकारीलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library