तीनकुनेमा तीन वटा गाडी ठोक्किए, १ जनाको मृत्यु

काठमाडौं, २५ वैशाख ।
कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र  भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।

भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते हुनुभएको छ । उहाँहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library