रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

रुपन्देही, २५ वैशाख ।

रुपन्देहीमा करिब ४० जना विद्यार्थी बोकेर गुडिरहेको विद्यालयको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा बसमा आगलागी भएको हो । फर्साटिरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको  लु१क १३२६ नम्बरको बस रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर आउँदै गर्दा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।

जिप्रकाका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेका थिए। बसको आवाज फेरिएको र इन्जिनबाट धुवा  आएको देखेलगत्तै विद्यार्थीहरुलाई चालक र सहचालकले  बसको पछाडीको ढोकाबाट बाहिर निकालेका थिए। मानवीय क्षति हुन नपाएको तर बसमा क्षती भएको डीएसपी कार्कीले बताए।

आगलागीबाट  बस भने पूर्णरूपमा क्षति भएको र बसमा लागेको आगो दमकलले निभाएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library