बागमती प्रदेश सरकारले मनायो भाषा दिवस

मकवानपुर, २४ वैशाख ।
बागमती प्रदेशको राजधानी हेटौंडामा भाषा दिवस मनाइएको छ । प्रदेशमा भाषा ऐन कार्यान्वयन भएको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बिच प्रदेश सरकारले भाषा दिवस मनाएको हो ।

ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन ‘वैशाख २४ गते’ प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो । तामाङ र नेवारी भाषा लागू गर्ने गरी कानून बनेको दिनको सम्झनामा बुधबार भाषा दिवस मनाइएको हो ।

प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा बुधबार बिहान हेटौंडा–४, हुप्रचौरबाट प्रभात फेरीको आयोजना गरिएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीसमेत प्रभात फेरीमा सहभागी रहेका थिए । प्रभात फेरीमा नेवारी, तामाङ, मगर समुदायको मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । हेटौंडा बजार परिक्रमापछि प्रभात फेरीमा सहभागीहरू हेटौँडा–४ स्थित रोयल प्यालेसमा सभामा सहभागी भएका थिए ।

पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो । भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान समेत गरिएको थियो ।

प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौँमा पनि कार्यक्रम भएको छ । प्रदेश भाषा दिवसको अवसरमा बुधबार बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट