रोकिराखेको ट्याक्टरमा स्कुटर ठोक्कियो : चालकको मृत्यु

चितवन, २४ वैशाख । भरतपुर महानगरपालिका–१५, कुइँकेलचोकमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार बेलुका ८ बजेको समयमा मंगलपुरबाट कुइकेलचोकतर्फ जाँदै गरेको ना २७ प ७५८२ नम्बरको स्कुटर पार्किङ गरी राखेको ना ७ प ३७९१ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । दुर्घटनामा […]

बागमती प्रदेश सरकारले मनायो भाषा दिवस

मकवानपुर, २४ वैशाख । बागमती प्रदेशको राजधानी हेटौंडामा भाषा दिवस मनाइएको छ । प्रदेशमा भाषा ऐन कार्यान्वयन भएको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बिच प्रदेश सरकारले भाषा दिवस मनाएको हो । ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन ‘वैशाख २४ गते’ […]

जमिन भासिएर हराएको गाडी अझै फेला परेन

मकवानपुर, २४ वैशाख । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौ फर्किएको छ । बुधबार दिउँसो बागमती प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री एकालाल श्रेष्ठले घटनास्थलमै पुगेर खानी तथा […]

बाथरुममा लडेर घाइते भएका प्रचण्ड नियमित काममा

काठमाडौं, २४ वैशाख । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन् । घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । अहिले भने प्रचण्ड निवासमै नियमित काममा रहेका उनकी छोरी गंगा दाहालले बताएकी छन् । `गएराति बाथरुममा […]

भारतले पाकिस्तान नियन्त्रित काश्मिरमा गर्‍यो हवाई हमला

भरतपुर, २४ वैशाख । भारतको आक्रमणमा पाकिस्तानमा सात जनाको मृत्यु भएको छ । पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ । जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ । बुधबार बिहान बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो । हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका […]

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती, २४ वैशाख । बागमती प्रदेशमा आज बुधबार सार्वजनिक बिदा छ । बागमती प्रदेश सरकारले वैशाख २४ गते बुधबार सार्वजनिक बिदा दिएको हो । एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।