बाथरुममा लडेर घाइते भएका प्रचण्ड नियमित काममा

काठमाडौं, २४ वैशाख ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन् ।

खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन् ।

घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । अहिले भने प्रचण्ड निवासमै नियमित काममा रहेका उनकी छोरी गंगा दाहालले बताएकी छन् ।

`गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनु भएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद !’ गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट