झापा, २२ वैशाख ।
झापामा कर्मचारीबीच कुटाकुट भएको छ । भद्रपुरमा रहेको भेटेरिनरी अस्पताल कर्मचारीका बिचमा कुटाकुट भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका दुई कर्मचारीबीच विवादपछि कुटाकुट भएको एक कर्मचारीले जानकारी दिए । अहिले त्यो कुटाकुट भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएपछि के भएको हो भनेर सोधी खोजी भएको छ ।
सोमबार दिउँसो कार्यालयमा सातौँ तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौँ तहका कर्मचारी रोहित महतमाथि हातपात गरेको एक कर्मचारीले बताए । कर्मचारी स्रोतका अनुसार दुईजना बिचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् । घटना छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैत पनि गम्भीर घाइते भएका हुन् । सुनरैतले राईको हातबाट मार्तल खोस्न खोज्दा उनको टाउकोमा मार्तल लागी घाइते भएका छन् ।





