भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु

चितवन, २३ वैशाख । संघीय अस्पताल भरतपुर अस्पतालले क्याथल्याबलगायतका थप नयाँ सेवा विस्तार गरेको छ । अस्पतालले क्याथ ल्याबलगायतका नयाँ नौवटा सेवा विस्तार गरेको हो । अस्पतालले मुटु तथा शरीरका अन्य स्थानमा रक्तनली बन्द हुने समस्यामा दुरबिनका माध्यमबाट शल्यक्रिया गराउने गरी क्याथल्याब सेवा सुरु गरेको हो भने यससँगै आईसियुसहितको जलन वार्ड, फटिलिटी क्लिनिक, स्तनपान प्रवद्र्धन […]

झापाको भेटेरिनरी अस्पतालमा कर्मचारीबीच कुटाकुट

झापा, २२ वैशाख । झापामा कर्मचारीबीच कुटाकुट भएको छ । भद्रपुरमा रहेको भेटेरिनरी अस्पताल कर्मचारीका बिचमा कुटाकुट भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाका दुई कर्मचारीबीच विवादपछि कुटाकुट भएको एक कर्मचारीले जानकारी दिए । अहिले त्यो कुटाकुट भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएपछि के भएको हो भनेर सोधी खोजी […]

वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौँ, २३ वैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार दिउँसो ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा नेता नेपालको निधन भएको हो । लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनलाई सोमबार आईसीयूमा सारिएको थियो । मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू […]

अमेरिकामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु

लसएन्जलस (अमेरिका) क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी तटरक्षक बललाई सान डिएगोको उत्तरमा डेल मार नजिकै डुङ्गा दुर्घटना भएको सुचना प्राप्त भएको प्रवक्ता हन्टर श्नाबेलले बताए । उनले घटनास्थलमा एउटा डुङ्गा र हेलिकप्टर पठाई चार जनालाई उद्धार गरी अस्पताल लगिएको र […]

बागमतीको बजेट अधिवेशन जेठ ५ गते

मकवानपुर, २३ वैशाख । बागमती प्रदेश सरकारले प्रदेशसभाको वर्षे ( बजेट) अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वर्षे (बजेट अधिवेशन) अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला […]