वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौँ, २३ वैशाख ।
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार दिउँसो ७१ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा नेता नेपालको निधन भएको हो ।

लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनलाई सोमबार आईसीयूमा सारिएको थियो ।

मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू

मंगलबार दिउँसो निधन भएका नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा नओढाउने वा मृत्युपछिको तामझाम नगर्ने भनिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट