पत्रकारको सुरक्षामा दल र नागरिक समाजको प्रतिवद्धता

भरतपुर, २० वैशाख ।
चितवनका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय प्रशासन र नागरिक समाजका अगुवाहरुले पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शनिबार भरतपुरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा उनीहरुले हस्ताक्षर गर्दै आफ्नो प्रतिवद्धता जनाएका हुन् ।

यसरी हस्ताक्षर नै गरेर पत्रकारको सुरक्षामा प्रतिवद्धता जनाउनेहरुमा जिल्ला प्रशासन कार्यलय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारी, महासंघ वागमती प्रदेश समितिका महासचिव राधेश्याम खतिवडा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष कृष्णप्रसाद भूसाल, राट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, लोकतान्त्रिक समाजवादी पार्टी चितवनका अध्यक्ष अनुज जोशी, नेकपा विप्लवका चितवन इन्चार्ज लालसिंह थिङ, नेपाल बार एशोशिएशन चितवनका अध्यक्ष फूलमाया रानाभाट, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. उमेश नेपाललगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले संयुक्त राष्ट्र संघले विगत ३२ वर्षदेखि प्रेस स्वतन्त्रता दिवस मनाउँदै आए पनि प्रेस माथिको आक्रमण नरोकिएको भन्दै चिन्ता ब्यक्त गरे ।

फ्रिडम फोरमले आजै मात्रै सार्वजनिक गरेको प्रेस स्वतन्त्रता सम्वन्धि रिपोर्टमा विगत एक वर्षमा दुई जना पत्रकारको हत्या भएको, समाचार लेखेकै आधारमा तीन जना पत्रकार माथि अदालतमा मुद्धा लागेको, ५ जना पत्रकार पक्राउ परेका, ७ जना पत्रकार माथि आक्रमण तथा अवरोध भएको, २८ जनाले धम्की ब्यहोरेका र ३६ जना पत्रकार माथि आक्रमण भएको तथ्याङ्क अध्यक्ष पराजुलीले प्रस्तुत गर्दै अब पत्रकारको सुरक्षामा सचेत हुन सवैमा आग्रह गरेका हुन् ।

साथै हस्ताक्षर कार्यक्रममा पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य, पदाधिकारी, साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library