सरला शर्माको `उसैले जन्माएको छोरो´ लघुकथासङ्ग्रह सार्वजनिक

चितवन, २० वैशाख ।
रत्ननगर, चितवन निवासी सरला शर्माको पहिलो कृति `उसैले जन्माएको छोरो´ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ ।
शनिबार आयोजित कार्यक्रममा रामबाबु घिमिरे, एलबी क्षेत्री, प्रेम रिमाल, भूपिन, सामना पहाड र पूर्ण रिजालले कृति सार्वजनिक गरेका हुन् ।
भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ५९ वटा कथा छन् । कृतिको मूल्य २७५/- छ ।

कृतिमाथि बोल्दै कवि, निबन्धकार भूपिनले यस सङ्ग्रहका लघुकथाहरू छोटोमा पढ्न सकिने र जीवनभर तरङ्गित गरिरहने खालका भएको बताए । त्यसैगरी सामना पहाडले सङ्ग्रहमा मातृवात्सल्यका कथाहरू धेरै भएको बताइन् । `कथाकार गृहिणी हुनुहुन्छ । परिवारदेखि सरकारसम्मका कथाहरू जोडिएका छन् । कथामा प्रकृति छ, पर्यावरण छ, कुशासन छ´, सामना पहाडले भनिन् – `गृहिणी र गैरगृहिणीका कथाव्यथाले कथाको बनोट बनाएको छ । कथाहरू चोटिला छन् ।´

त्यसैगरी प्रेम रिमालले कथामार्फत कथाकार सरला शर्माको उपस्थिति आमाको रूपमा भएको बताए । `आमाहरू आफैंमा सुन्दर कविता हुन्, आमाको चरित्र, आमाको चित्रण कथामा छन्´, रिमालले भने ।

त्यसैगरी कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले शुभकामना मन्तव्य राख्दै कथाको संरचना र बनोटका बारेमा चर्चा गरे । क्षेत्रीले सङ्ग्रहका कथाहरु पठनीय भएको बताए । कार्यक्रमका प्रमुख अतिथि रामबाबु घिमिरेले सरला शर्मा गृहिणी भैकन पनि समय व्यवस्थापन गरेर कथा लेखनमा आउनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रमलाई सुमन घिमिरेले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library