हेटौंडाबाट हराएको अटो भरतपुरमा भेटियो

मकवानपुर, २० वैशाख ।
मकवानपुरकाे हेटौंडाबाट हराएकाे अटो ८ महिनापछि चितवनकाे भरतपुरमा भेटिएकाे छ । हेटौंडा उपमहानगरपालिका–१० का ४१ वर्षीय बमबहादुर न्यौपानेको घरमै पार्किङ गरिराखेको ना २ ह १३७१ नम्बरको अटो गत १४ भदौ २०८१ मा हराएको थियो ।

उक्ता अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सल्लेरीटोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अटो चोरीमा संलग्न भएका २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले नवलपरासी बुलिङटार गाउँपालिका–१ का ३० वर्षीय गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय शंकर ढकाललाई पक्राउ गरेको हाे । प्रहरीले शुक्रबार सवारी धनीलाई अटो फिर्ता गरिदिएको छ । गोपाल र शंकरलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट