पाठकमाझ बसेर कथाकार रेग्मीले सुने `बाँसुरीको धुन´को गुञ्जन

गैंडाकोट, १८ वैशाख ।
कथाकार टीकाराम रेग्मीको कथासङ्ग्रह `बाँसुरीको धुन´मा विमर्श कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा सङ्ग्रहका १३ वटा कथामा १३ जना पाठकले समीक्षात्मक टिप्पणी राख्नुभएको हो । कथाकार रेग्मीले पाठकको माझमा बसेर कथाहरूको टिप्पणी सुन्न पाउँदा आफूलाई झनै हौसला मिलेको बताए ।

गैंडाकोटस्थित द नारायणी रिसोर्टमा गरिएको कार्यक्रममा पत्रकार वसन्त पराजुलीले `मन´ कथाको पाठकीय अभिमत राखे । त्यसैगरी सूर्यप्रकाश कँडेल `पागल´ कथा, सरला जोशीले `दिवार कि खिड्की´ कथा र बालकृष्ण थपलियाले `हमनी अभागा´ कथाको समीक्षात्मक टिप्पणी राखे ।

त्यसैगरी भूपिनले `धिक्कार´ कथा, प्रकाश चापागाईंले `मेरी परि´ कथा, कपिल अज्ञातले `घामछाया´ कथा र ईश्वर कँडेलले `निरीह सयपत्री´ कथाको टिप्पणी राखे ।

त्यसैगरी भानुप्रसाद उपाध्यायले `स्विकारोक्ती´ कथा, घनश्यामराज काफ्लेले `बाँसुरीको धुन´ कथा, उदय अधिकारीले `नयाँ पालुवा´ कथा, सरस्वती रिजालले शुभकामना´ कथा र जगन्नाथ पण्डितले `स्वर्ग´ कथाको टिप्पणी प्रस्तुत गरे ।

कार्यक्रममा डाक्टर केशवराज चालिसेले समग्र कथासङ्ग्रहको समीक्षा प्रस्तुत गरेका थिए भने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी र गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले शुभकामना मन्तव्य राखे ।

समीक्षात्मक टिप्पणी कार्यक्रमको सहजकर्ता रमेश प्रभात रहेको कार्यक्रमलाई समूहका अध्यक्ष लेखराम सापकोटाले अध्यक्षता गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव विनोदबाबु रिजालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट