कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं, ९ वैशाख ।

अन्ततः कक्षा १२ को परीक्षा सरेको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो ।

बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए । बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गरिने जनाएको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए ।

आज मंगलबार बिहान मात्रै बोर्डले शिक्षकले नमाने निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । अन्य कर्मचारी खटाएर परीक्षा लिए कापी परीक्षण पनि नगर्ने शिक्षकहरुले चेतावनी दिएका थिए । विभिन्न माग राखेर देशभरका शिक्षकले काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । शिक्षकहरुको आन्दोलनका कारण नयाँ शैक्षिकसत्र प्रभावित बनेको छ भने कक्षा १२ को परीक्षा पनि सरेको हो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट