कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं, ९ वैशाख । अन्ततः कक्षा १२ को परीक्षा सरेको छ । शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा सारेको हो । बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए । […]
लायन्सका होम क्लबलाई बलियो बनाउन आग्रह

भरतपुर, ९ वैशाख । लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले लायन्स क्लबमा आबद्ध सम्पूर्ण लायनहरुलाई आफ्नो होम क्लबलाई बलियो बनाउन आग्रह गरेका छन् । होटल सिराइचुली भरतपुरमा मंगलबार आयोजित लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ आर, नेपालको लायन्स वर्ष २०२५/२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट क्याबिनेट अधिकारीहरू घोषणा कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै बुर्लाकोटीले यस्तो आग्रह गरेका हुन् […]
कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं, ९ वैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु […]