कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं, ९ वैशाख ।

कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन।

यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट