शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं, ८ वैशाख ।
शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षकहरुको आन्दोलन चर्किरहेको बेलामा मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरु २० दिनदेखि सडकमा छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरिरहेका छन् ।

राजीनामा आए लगत्तै मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । भर्खरै सुरु भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराई उपस्थित छैनन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट