हेटौँडामा पारिजात स्मृति दिवस मनाइयो

हेटौंडा, ५ वैशाख ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पणका साथै उहाँद्वारा लिखित तथा उपस्थित रचनाकारहरूको रचना वाचन गरी पारिजात स्मृति दिवस मनाइयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाको अध्यक्षता तथा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सो कार्यक्रम साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।

आदर्श टोल विकास संस्थाका अध्यक्ष नमराज न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज तिवारीले पारिजातको व्यक्तित्व बारे बोल्नुभयो ।

वडा अध्यक्ष लामाले बसपार्क क्षेत्रमा स्थापना हुँदै गरेको घण्टाघर मा पारिजात स्मृति कक्ष रहने र पारिजातसँग सम्बन्धित विभिन्न पुस्तकका साथै खोजमूलक सामग्रीहरू आदि अध्ययन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरू देवराज तिवारी, पुरुषोत्तम आचार्य र संप्रस पौडेलले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकारहरू, सदस्यहरु, साहित्यकारहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट