भरतपुरमा ७ जना स्रस्टा सम्मानित

भरतपुर, ५ वैशाख । भरतपुर महानगरले विभिन्न विधाका ७ जना स्रस्टालाई नगदसहित पुरस्कृत गरेको छ । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानद्वारा स्थापना गरिएका विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएको हो । प्रतिष्ठानका कुलपति तथा महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र उपकुलपति इन्द्रप्रसाद रेग्मीले स्रष्टाहरूलाई नगद राशि, दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो […]
हेटौँडामा पारिजात स्मृति दिवस मनाइयो

हेटौंडा, ५ वैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पणका साथै उहाँद्वारा लिखित तथा उपस्थित रचनाकारहरूको रचना वाचन गरी पारिजात स्मृति दिवस मनाइयो । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाको अध्यक्षता तथा १० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सो कार्यक्रम साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास […]
चितवनमा शनिबार प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुँदै

चितवन, ५ वैशाख । चितवनमा शनिबार प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । राईनो मुवाथाईमा हुने प्रतियोगिता शनिबार बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५ टिम सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा […]
अध्ययन संस्कृतिबाटै विचार निर्माण हुन्छ : डा. अमर गिरी

दाङ, ५ वैशाख । भाषा आयोगका सदस्य डा. अमर गिरीले अध्ययन संस्कृतिबाट नै विचार निर्माण हुने धारणा राख्नुभएको छ । अध्ययन मञ्च दाङ र सर्वाेदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा शुक्रबार दाङको घोराहीमा आयोजित एक विर्मशमा डा. गिरीले सो धारणा व्यक्त गर्नुभएको छ । ‘विचार निर्माणमा अध्ययन संस्कृति’ विषय विमर्शमा प्रमुख वक्ताको रुपमा बोल्दै डा. […]
इभि गाडी दुर्घटना हुँदा मकवानपुरमा २ जनाको मृत्यु
मकवानपुर, ५ वैशाख । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान १ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा […]