चितवनमा शनिबार प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुँदै

चितवन, ५ वैशाख ।
चितवनमा शनिबार प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

राईनो मुवाथाईमा हुने प्रतियोगिता शनिबार बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५ टिम सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रो फाइटमा ५, सेमि प्रोमा ५ तथा एमेचरमा टिम सहभागी हुनेछन् । प्रो फाइटमा विजेताले ३० हजार तथा दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रो फाइटको मेन ईभेन्टमा स्ट्रोङ्गेस्ट मुवाथाई नेपालबाट स्याङ्जाका आयुष गुरुङ र प्युठानका घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । यी दुबै राष्ट्रिय खेलाडी हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट