अध्ययन संस्कृतिबाटै विचार निर्माण हुन्छ : डा. अमर गिरी

दाङ, ५ वैशाख ।

भाषा आयोगका सदस्य डा. अमर गिरीले अध्ययन संस्कृतिबाट नै विचार निर्माण हुने धारणा राख्नुभएको छ ।
अध्ययन मञ्च दाङ र सर्वाेदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा शुक्रबार दाङको घोराहीमा आयोजित एक विर्मशमा डा. गिरीले सो धारणा व्यक्त गर्नुभएको छ ।
‘विचार निर्माणमा अध्ययन संस्कृति’ विषय विमर्शमा प्रमुख वक्ताको रुपमा बोल्दै डा. गिरीले भन्नुभयो, ‘आज अध्ययन गर्ने परम्परा निकै कमजोर बन्दै गएको छ । अध्ययन गर्ने भन्ने कुरा विचार निर्माणसँग जोडिएको हुन्छ ।’

अध्ययन नगर्ने भैसकेपछि विचार नबन्ने र विचार नबन्ने भैसकेपछि समाज पनि नबन्ने बताउँदै डा. गिरीले यसतर्फ समाजका सचेत मान्छेहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

दाङमा अध्ययन संस्कृति बढाउने उद्देश्यले यसखाले कार्यक्रम आयोजना गरिएको मञ्चका संयोजक सूर्य बिसीले बताउनुभयो । कार्यक्रममा पुरुषोत्तम खनाल, डा. टीकाराम उदासी, यज्ञ बहादुर डाँगी, देवेन्द्र कुमार रिजाल, मधुसूदन गौतम, गोविन्द खड्का, लक्ष्मी सुवेदी लगायतको उपस्थिति थियो ।
मञ्चका संयोजक सूर्य बिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन थम्मन बस्नेतले गर्नुभएको थियो भने विमर्शको सहजीकरण प्रमोद धितालले गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट