कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक

चितवन, २ वैशाख ।
केही वर्ष यता नारायणी नदी किनारमा गङ्गा महाआरती सञ्चालन गर्दै आएका श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद र श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघले सोमबार साँझ महाआरतीस्थलमा कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक गरेका छन् ।

नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, पत्रकार भेटघाट, भित्तेपात्रो विमोचन, कोटिहोम महायज्ञलगायत संस्थाको आर्थिक विवरण सार्वजनिक कार्यक्रममा साङ्ग विराट श्रीगायत्री कोटिहोम महायज्ञ २०७९ को आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वितरण गरिएको आम्दानी र खर्च विवरणअनुसार कोटिहोम महायज्ञको कुल आम्दानी एक करोड ६१ लाख ४८ हजार तीन सय १७ रुपैयाँ र कुल खर्च एक करोड २६ लाख ७९ हजार आठ सय ७० रुपैयाँ भएको छ । खर्च कटाएर ३४ लाख ६८ हजार चार सय ४७ रुपैयाँ कुल बचत हुन आएको आम्दानी र खर्च विवरणमा उल्लेख छ ।
आम्दानीतर्फ रसिदबाट सबैभन्दा धेरै ४४ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ । आजीवन सदस्यहरुबाट ३८ लाख १० हजार, दानपात्रबाट २० लाख ४९ हजार, विशेष दानबाट १८ लाख ६५ हजार, विविध अनुष्ठानबाट १४ लाख ९५ हजार, विभिन्न संघसंस्थाबाट १२ लाख २७ हजार रुपैयाँ आम्दानी भएको आम्दानी र खर्च विवरणमा उल्लेख छ ।

खर्चतर्फ पूजा तथा पूजासामग्रीमा सबैभन्दा धेरै ६२ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । मण्डप निर्माणमा मात्रै १४ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी प्रचारप्रसार तथा साउण्ड सिस्टममा १० लाख २४ हजार, समिधा खरिद व्यवस्थापन र ढुवानीमा आठ लाख आठ हजार, यज्ञ कुण्ड तथा पूजास्थल निर्माणमा सात लाख ९२ हजार, पण्डाल, मञ्च तथा टेन्टमा पाँच लाख ३७ हजार रुपैयाँ खर्च भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट