अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

भरतपुर, २ वैशाख । अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन भएका छन् । मङ्गलबार द नारायणी रिसोर्ट गैंडाकोटमा आयोजित समूहको सातौँ अधिवेशनबाट सापकोटालाई अध्यक्ष पदमा चयन गरिएको निवर्तमान अध्यक्ष रमेश प्रभातले जानकारी दिए । गैंडाकोट घर भएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक हुन् । कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक रहेका सापकोटा पत्रकारिता, साहित्य […]
लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

चितवन, २ वैशाख । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालका नवनिर्वाचित पदाधिकारीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मंगलबार आफ्नो कार्यकक्षमा स्वागत गरेकी छन् । मेयर दाहालले लायन्स डिष्ट्रिक्ट ३२५ ‘आर’ नेपालको गत चैत ३० गते सौराहामा सम्पन्न तेस्रो महाधिवेशनबाट सन् २०२५–२०२६ का लागि निर्विरोध निर्वाचित डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डित, […]
कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक

चितवन, २ वैशाख । केही वर्ष यता नारायणी नदी किनारमा गङ्गा महाआरती सञ्चालन गर्दै आएका श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद र श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघले सोमबार साँझ महाआरतीस्थलमा कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक गरेका छन् । नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, पत्रकार भेटघाट, भित्तेपात्रो विमोचन, कोटिहोम महायज्ञलगायत संस्थाको आर्थिक विवरण […]
त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन फारम सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आज (मंगलबार) देखि अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यो सेवा बिहान ११ बजेदेखि उपलब्ध गराइएको हो। अनलाइन प्रणालीको थालनीसँगै विद्यार्थीहरूले अब बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर कागजी फारम बुझाउनु नपर्ने भएको छ, जसले लाइन लाग्ने झन्झटबाट छुटकारा दिलाउनेछ। […]
सुभाष घिमिरेको उपन्यास ‘सान्दाजु’ बजारमा

भरतपुर, २ वैशाख । नेपाली साहित्यका मूर्धन्य साहित्यकार, नेपाल सरकारका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली राजनीतिका सर्वाधिक चर्चित राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाको देहावसानको करिब त्रिचालिस वर्ष व्यतीत भइसकेपछि उनको जीवनकथामा आधारित प्रथम ऐतिहासिक उपन्यास ‘सान्दाजु’ प्रकाशित भएको छ । नेपाली साहित्य जगतका उदीयमान स्रष्टा सुभाष घिमिरेद्वारा लिखित ३१५ पृष्ठको उपन्यास ‘सान्दाजु’ प्रकाशित भएसॅंगै नेपालको साहित्यिक बजारमा […]