मध्याह्नमा धप्धपिएको
उज्यालो घामसँग
गुनासो रहँदैन
चिसिएको तन
मज्जैले नतातिए पनि
खुसी नै हुन्छु
जूनकीरी वा पूर्ण जूनका
स्नेहित हातले
अँध्यारो चिर्दै
मुसार्न आए
अँध्यारोमा सजिलै देखिने
जूनकीरी र जून जस्तै
नयाँवर्ष
झिमझिम ज्योतिमा
सदा प्रकाशित भइरहोस्।
शुभ नववर्ष-२०८२ ।





