शुभ नववर्ष (कविता)

मध्याह्नमा धप्धपिएको उज्यालो घामसँग गुनासो रहँदैन चिसिएको तन मज्जैले नतातिए पनि खुसी नै हुन्छु जूनकीरी वा पूर्ण जूनका स्नेहित हातले अँध्यारो चिर्दै मुसार्न आए अँध्यारोमा सजिलै देखिने जूनकीरी र जून जस्तै नयाँवर्ष झिमझिम ज्योतिमा सदा प्रकाशित भइरहोस्। शुभ नववर्ष-२०८२ ।
नयाँ वर्षमा (कविता)

नयाँ वर्षमा राष्ट्रमा नव्यता होस् चमत्कार होस् कर्ममा दिव्यता होस् उठोस् सभ्यता चेतना होस् प्रबुद्ध सबैका मनोभाव होऊन् विशुद्ध नयाँ वर्षमा भ्रष्टता दूर भागोस् डढेलो अहङ्कारमा झट्ट लागोस् बनून् स्वार्थ, विद्वेष सारा खरानी हराऊन् अकर्मण्यताका निशानी नयाँ वर्षमा देश होस् देशजस्तो र उन्मेष यो होस् नवोन्मेषजस्तो बृहत् एकता, शान्तिले मान पाओस् युवामा स्वकर्तव्य आफै उदाओस् […]
चितवनमा सुनियो `रोल्पाका कविता´

भरतपुर, ३१ चैत । आइतबार वर्ष २०८१ को अन्तिम दिन थियो । वर्ष २०८१ लाई मैजारो गर्न सम्पूर्ण किताब नारायणगढले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् कवितावाचनको कार्यक्रम राखेको थियो । कविता सुनाउन रोल्पाका कविहरू प्रेमप्रकाश र समीप बैरागी आएका थिए । `रोल्पाका कविता´ नाम दिइएको कार्यक्रममा दुई चरणमा गरेर कविद्वयले ६/६ वटा कविता […]
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को गभर्नरमा चितवनका नवराज सापकोटा निर्विरोध

चितवन, ३१ चैत । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को गभर्नरमा चितवनका नवराज सापकोटा निर्विरोध निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को तेस्रो राष्ट्रिय महाधिवेशनबाट शतप्रतिशत ध्वनि मत पाएर लायन वर्ष २०२५/२६ का लागि एमजेएफ लायन नवराज सापकोटा डिष्ट्रिक्ट गभर्नरमा निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनबाट लायन वर्ष २०२५/२६ का लागि अन्तर्राष्ट्रिय […]
कुमारी लामाको ‘दर्ज्यु संलाप’ माथि पोखरामा चर्चा

पोखरा, ३१ चैत । साहित्यकार कुमारी लामाको निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जवाफ खोजिएको बताए । प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दर्ज्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे । “सामाजिक […]
प्रगतिनगर खानेपानीको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित

देवचुली, ३१ चैत । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ अधिवेशनबाट डिल्लीराम कडरिया अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । कडरियाले कुल १ हजार १ सय ५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दुर्गादेवी विष्टले १ हजार १ सय ६ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का उम्मेदवार सुदीप न्यौपानेले ६ सय ९७ […]
नयाँ वर्षदेखि चितवन केक हाउसको सेवा भरतपुरबाट पनि

भरतपुर, ३१ चैत । चितवन जिल्लाको प्रसिद्ध चितवन केक हाउसले अब भरतपुरबाट पनि सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर भरतपुरमा शाखा शुभारम्भ गर्न लागिएको सञ्चालक केदार शर्माले बताउनु भयो । शाखा शुभारम्भ गर्न प्रसिद्ध गायक सुगम पोखरेल अतिथिका रूपमा आउँदैछन् । वि.सं. २०७७ सालमा रत्ननगर नगरपालिकाको टाँडी बजारबाट सेवा दिँदै […]
नयाँ वर्ष अफर : काभ्याश्री कलेक्सनमा खरिद मूल्य मै फेन्सी कपडा

चितवन, ३१ चैत । नारायणगढको काभ्याश्री कलेक्शनले फेन्सी कपडामा ‘ओपनिङ सेल’ सुरू गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर कम्पनीले शुक्रबारदेखि एक हप्ताका लागि वेयर हाउस सेल सुरू गरेको हो । यो सेल अहिले नारायणगढ बिगबजारमा चलिरहेको छ । खासगरी न्यू बर्नदेखि १२वर्ष उमेर समूहका बाबुनानीहरुका लागि फेन्सी कपडा खरीद मूल्यमै बिक्रीमा राखिएको […]