भरतपुर, ३० चैत ।
भरतपुर महानगरपालिका वडा नम्बर – २२ कार्यालय पटिहानीको आयोजनामा नव वर्ष २०८२ को अवसरमा रैथाने बजार २०८२ को शुभारम्भ हुँदैछ । “स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, आर्थिक समृद्धिको दिशामा अघि बढौँ” भन्ने नारा सहित २०८२ वैशाख १ गते अपरान्ह ४ बजे नगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा वडा परिसरमा गर्ने कार्यक्रम रहेको छ ।
रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुका स्टल रहने भरतपुर- २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । नयाँ वर्षको अवसर पारी शुभारम्भ गरिने रैथाने बजार हरेक हप्ताको शुक्रबार अपरान्ह ४ बजेदेखि निरन्तर हुने समेत बताईएको छ । साथै उक्त दिन विविध साँस्कृतिक कार्यक्रम समेत समावेश गरिएको सो कार्यक्रममा उपस्थित भई सफल बनाउन सबैमा वडाध्यक्ष महतोले अनुरोध समेत गरेका छन् ।




