मकवानपुरमा बेहोस अवस्थामा भेटिएका दुई जनाको मृत्यु

मकवानपुर, ३० चैत ।

मकवानपुरको हेटौंडामा बेहोस अवस्थामा भेटिएका एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान हेटौंडा १० बसपार्कमा अन्दाजी ४० वर्षीया अस्मिता तामाङ र शुक्रबार बिहान अर्का पहिचान नखुलेको अन्दाजी ६५/७० वर्षीय जेष्ठ नागरिकलाई बसपार्क एरियामा अचेत अवस्थामा फेला पारिएको थियो । हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मकवानपुर प्रहरीको समन्वयमा उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले शवको सनाखत र परिवारलाई प्रहरीको सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट