प्रदेश युवा परिषद् बागमतीको जरीबुट्टा भर्ने तालिम समुद्घाटन

भरतपुर, २६ चैत ।
खचाखच हलभरी अधिकांश सौन्दर्य व्यवसायी सहित युवा र प्रौढ महिलाहरूको उपस्थिति, मञ्चमा राखेको टेबलभरी कला भरिएका केही सुन्दर पोशाकहरू, पछाडिपट्टि टाँगिएको ब्यानर बाहेक यो दृश्य हेर्दा कुनै औपचारिक कार्यक्रम हो भन्ने अनुमान पाउन गाह्रो हुन्थ्यो । तर यो कार्यक्रम थियो प्रदेश युवा परिषद् बागमती जिल्ला युवा समिति चितवनको आयोजनामा सञ्चालित कपडामा जडीबुट्टा भर्ने तालिमको समुद्घाटन समारोह ।

कार्यक्रमको प्रमुख अतिथि थिए चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी । विशिष्ट अतिथिहरू थिए महिला उद्योग सङ्घ चितवनकी अध्यक्ष सिर्जना सोती उपाध्यक्ष सरिता पौडेल । त्यसैगरी महिला उद्यमी सङ्घ चितवनकी अध्यक्ष स्वेता उपाध्याय, पूर्व अध्यक्ष एवं बागमती प्रदेश सदस्य अर्पना प्रधान भण्डारी ।

अधिकांश मञ्चहरूमा देखिने दृश्यभन्दा फरक दृश्य यो कारण पनि थियो महिलाहरुले नै मञ्च खचाखच थियो । यसरी सबैलाई जुटाएर सिप सिकाउने कार्यको अगुवाइ गरेका प्रदेश युवा परिषद् जिल्ला युवा समिति चितवनका अध्यक्ष रामचन्द्र लम्साल कार्यक्रमको अध्यक्षका रुपमा रहेका थिए । अधिकांश महिलाका पोशाकमा जरी बुट्टा भर्ने काम भारतीय मजदुरहरूले गर्ने गर्दछन् । राम्रो आम्दानी हुने यो काम नेपाली दिदीबहिनीलाई सिकाउन सके घरमै बसेर राम्रो आर्थिक उपार्जन गर्न सकिने भएकाले तालिम आयोजना गरिएको अध्यक्ष लम्सालको जिकिर थियोे ।

परम्परागत रूपमा नेपाली समुदायमा केही ठाउँमा अस्तित्वमा यो पेशा रहे पनि व्यवसायीकरणतर्फ भने यस पेशाको विकास नभएको भन्दै प्रदेश युवा परिषदले यो कार्यक्रमको आयोजना गरेको थियो । भरतपुरस्थित सप्तगण्डकी चोकमा रहेको उजेली क्रियसनको व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रमले नेपाली महिलाहरूलाई आत्मनिर्भर बन्दै आर्थिक उपार्जनको बाटोमा डोर्‍याउने कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले बताएका थिए । ३५ बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिम एक महिनासम्म सञ्चालन हुनेछ । कार्यक्रममा माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाटले स्वागत मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट