चितवन, १७ चैत ।
प्रगितशील लेखक सङ्घ चितवन शाखा र साहित्य सङ्गम चितवनको संयुक्त आयोजनामा ३०औँ पारिजात स्मृति दिवसको सन्दर्भ पारेर नेपाली प्रगतिवादी साहित्यको मीमांसा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
नारायणी नमुना माविको सभाहलमा आइतबार गरिएको कार्यक्रममा चितवनका अग्रज साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । पत्रकार सूर्यप्रकाश कंडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रगतिवादी साहित्यकारद्वय अनिल श्रेष्ठ तथा सरिता तिवारी वक्ताका रुपमा रहेका थिए ।
कार्यक्रममा साहित्यकार तेजबहादुर कार्की, कर्ण बानिया, इन्द्र रेग्मीलगायतले प्रश्न गरेका थिए । प्रगतिवादी साहित्य लेखनमा मात्र सीमित भएको सन्दर्भमा यसलाई व्यवहारमा उतार्नु आजको प्रमुख प्रश्न रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
प्रलेस चितवनका सचिव अर्जुन अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रम साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा भएको थियो भने साहित्य संगम चितवनकी अध्यक्ष विष्णु तिवारीले स्वागत मन्तव्य राखेकी थिइन् ।




