`नेपाली प्रगतिवादी साहित्यको मिमांसा´ विषयमा भरतपुरमा अन्तरक्रिया

चितवन, १७ चैत । प्रगितशील लेखक सङ्घ चितवन शाखा र साहित्य सङ्गम चितवनको संयुक्त आयोजनामा ३०औँ पारिजात स्मृति दिवसको सन्दर्भ पारेर नेपाली प्रगतिवादी साहित्यको मीमांसा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । नारायणी नमुना माविको सभाहलमा आइतबार गरिएको कार्यक्रममा चितवनका अग्रज साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । पत्रकार सूर्यप्रकाश कंडेलले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रगतिवादी साहित्यकारद्वय […]

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा गजल वाचन

भरतपुर, १७ चैत । भरतपुरमा सञ्चालन भरहेको नवौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को चौथो दिन गजल मञ्च चितवनको सहकार्यमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक एवम् गजल मञ्च चितवनकी सचिव प्रमिला थापा सानुले सञ्चालन गरेको गजल वाचन कार्यक्रममा चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले गजल सर्जकहरुलाई स्वागत गरेका थिए […]

नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित

लुम्बिनी, १७ चैत । नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा डा. रत्नमणि नेपाललाई पराजित गर्दै बुढाथोकी अध्यक्ष चुनिएका हुन् । बुढाथोकीले ११५ मत प्राप्त गर्दा नेपालले ५९ मत मात्रै पाए । यस्तै सङ्घको सह-अध्यक्षमा मनोज न्यौपाने र महासचिवमा सोझो गाउँले निर्वाचित भएका छन् । तीनबाहेक […]

प्हच्यु परिवार चितवन–नवलपुरको अध्यक्षमा डोलबहादुर गुरूङ चयन

भरतपुर, १७ चैत । प्हच्यु तमू परिवार नेपालको चितवन तथा नवलपुर जिल्ला अध्यक्षमा डोलबहादुर गुरूङ चयन भएका छन् । आइतबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा आयोजित प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व गठन गरेको हो । आगामी तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा ओमराज गुरूङ र सीतादेवी गुरूङ, सचिवमा रामबहादुर गुरूङ, सङ्गठन सचिवमा विजय गुरूङ, […]

हेटौंडास्थित मानवसेवा आश्रममा महायज्ञ सुरु

मकवानपुर, १७ चैत । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, लामसुरेधापस्थित मानवसेवा आश्रमकाे मुख्य कार्यालयमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएकाे छ । मानवसेवा आश्रमको मुख्य कार्यालय आश्रमले अक्षयकोष निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेकाे हाे । आइतबार बिहान हेटौंडा – ९ स्थित त्रिवेणीधामबाट महायज्ञस्थलसम्म कलश यात्रा गरिएकाे छ । महायज्ञको उद्घाटन गर्दै बागमती […]

हेटौंडादेखि सौराहासम्म साइकल यात्रा हुने

मकवानपुर, १७ चैत । बागमती प्रदेशकाे राजधानी हेटौंडादेखि चितवनकाे सौराहासम्म साइकल यात्रा हुने भएकाे छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे सहयोगमा साईकल सिटी हेटौंडाकाे आयोजनामा साइकल यात्रा हुने भएकाे हाे । आगामी २०८२ साल वैशाख १२ गते आयोजना हुने साइकल यात्रामा ४३ जिल्लाका करिब ५ सय जनाकाे […]

Sampurna Kitab Library