भरतपुर, १७ चैत ।
भरतपुरमा सञ्चालन भरहेको नवौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को चौथो दिन गजल मञ्च चितवनको सहकार्यमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक एवम् गजल मञ्च चितवनकी सचिव प्रमिला थापा सानुले सञ्चालन गरेको गजल वाचन कार्यक्रममा चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले गजल सर्जकहरुलाई स्वागत गरेका थिए ।
गजल वाचन कार्यक्रममा पुष्प अधिकारी अञ्जली, राजेश रुम्बा लामा, प्रेम कँडेल, भानु सापकोटा, सरगम पारु, रामलाल कुमाल, सीता रेग्मी, देवेन्द्र सापकोटा, सिर्जना सिलवाल, जीवन सापकोटा, सरस्वती पौडेल, समिता पौडेल, दीपक लामिछाने, भोजराज अर्याल, सविन घिमिरेलगायतका गजल सर्जकहरुले गजल वाचन गरेका थिए
गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले चितवन उद्योग सङ्घको समन्वयमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि गजलका गतिविधिलाई विभिन्न किसिमबाट गरिरहने बताए ।





