चितवनमा २ जनाको मृत्यु

चितवन, ११ चैत ।
जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा २ जनाकाे मृत्यु भएकाे छ । ट्याक्टरबाट लडेर तथा नदीमा डुबेर उनीहरुकाे मृत्यु भएकाे हाे ।

राप्ती नगरपालिका–१२, कपता भञ्ज्याङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोक्राङका ३९ वर्षीय रबिन प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आइतबार बेलुका ७ बजेको समयमा भित्री सडकखण्डमा लोथर खोलाबाट बोक्राङतर्फ बिजुलीको पोल लिएर जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरबाट खसेर प्रजाको घटनास्थलमानै मृत्यु भएको थियो । ट्याक्टर चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–६, का वर्षीय सन्त थिङ फरार भएकाले खोजी कार्य भइरहको प्रहरीले जनाकारी दिएको छ ।

यसैगरी जिल्लाको भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा एक जना महिला मृत फेला परेकी छन् ।

आइतबार बिहान ८ बजेर ५० मिनेटको समयमा अन्दाजी ६० वर्षीया महिला मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट