कुलमानलाई हटाउने सरकारको निर्णय

काठमाडौँ, ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । उर्जा मन्त्रालयको प्रस्तावमा बैठकले कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो । डेडिकेटेड […]

लोडसेडिङ पूर्णरूपमा अन्त्य भएको छ : घिसिङ

मकवानपुर, ११ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए । उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा […]

चितवनमा २ जनाको मृत्यु

चितवन, ११ चैत । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा २ जनाकाे मृत्यु भएकाे छ । ट्याक्टरबाट लडेर तथा नदीमा डुबेर उनीहरुकाे मृत्यु भएकाे हाे । राप्ती नगरपालिका–१२, कपता भञ्ज्याङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोक्राङका ३९ वर्षीय रबिन प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । आइतबार बेलुका ७ […]

रोदनको निबन्धसङ्ग्रह `अभिवन्द्य´को तेस्रो संस्करण सार्वजनिक

काठमाडौं, ११ चैत । निबन्ध लेखक श्रीओम श्रेष्ठ’रोदन’द्वारा लिखित व्यक्ति निबन्धसङ्ग्रह “अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसङ्ग्रह सार्वजनिक गरे । उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा. गौतमले भने- ‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो […]