चितवन ड्राइभिङ स्कुल व्यवसाय सङ्घको सातौं साधारणसभा

चितवन, १० चैत ।

चितवन ड्राइभिङ स्कुल व्यवसाय सङ्घले ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा पारिवारिक पिकनिकसहित आफ्नो साधारणसभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि ड्राइभिङ स्कुल नेपाल का केन्द्रीय अध्यक्ष राजकुमार गुरुङ हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा बागमती प्रदेशका अध्यक्ष शिव श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्ण ढकाल लगायतका व्यक्तिहरू हुनुहुन्थ्यो भने पूर्वअध्यक्ष रवि रोका, राजाराम परियारलगायत अतिथि हुनुहुन्थ्यो ।

यस संस्थाले रक्तदान कार्यक्रम लगायतका अन्य कार्यक्रमहरू गर्दै आइरहेको छ । उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष मनोजकुमार पोखरेलले गर्नुभएको थियो । यस संस्थालाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई साथै पूर्वअध्यक्षहरु रवि रोक्का, राजाराम परियारलाई दोसल्लासहित सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन संयोजक कृष्णप्रसाद कँडेलले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा थप १३ नयाँ व्यवसायीलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो। यस संस्थामा ३५ भन्दामाथि ड्राइभिङ व्यवसायीहरु आबद्ध छन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट