झ्याली र ढ्याङ्ग्रो बजाएर चितवन अन्तर्राष्ट्रिय नाटक महोत्सव उद्घाटन

भरतपुर, १० चैत । चितवनमा नाटक महोत्सव सुरु भएको छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा आइतबारदेखि सुरु भएको ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०८१’ मा मंगलबारसम्म नेपालसहित भारत, जापान, इरान, लिथुवानिया र स्पेनका नाट्यकर्मीले नाटक देखाउने छन् । तरङ्ग नाट्य समूह, कर्मी चौतारी र नारायणी कलामन्दिरले संयुक्तरूपमा महोत्सव आयोजना गरेका हुन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय […]
डा. कँडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०८१ बाट सम्मानित

भरतपुर, १० चैत । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१ बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को नवौँ वार्षिकोत्सवका अवसरमा डा. कँडेललाई उक्त सम्मान प्रदान गरिएको हो । शनिबार आयोजित कार्यक्रमा डा. कँडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार ग्रहण गरेका हुन् । भरतपुर महानगरपालिका वडा […]
नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइँदैन : सचिव खरेल

मकवानपुर, १० चैत राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले कुनै पनि बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नपाइने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उनले अभिव्यक्ति स्वतन्त्रता सुरक्षा संयन्त्र कार्यविधि निर्देशिका २०७५ ले सुरक्षा संयन्त्रको गठन, […]
अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाबारे अभिमुखीकरण

हेटौँडा, १० चैत । राष्ट्रिय मानवअधिकार आयोग र फ्रिडम फोरमको आयोजनामा आइतबार हेटौँडामा ‘अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी प्रादेशिक संयन्त्र : अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती र मधेश प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फ्रिडम फोरमका […]
चितवन ड्राइभिङ स्कुल व्यवसाय सङ्घको सातौं साधारणसभा

चितवन, १० चैत । चितवन ड्राइभिङ स्कुल व्यवसाय सङ्घले ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा पारिवारिक पिकनिकसहित आफ्नो साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि ड्राइभिङ स्कुल नेपाल का केन्द्रीय अध्यक्ष राजकुमार गुरुङ हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा बागमती प्रदेशका अध्यक्ष शिव श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्ण ढकाल लगायतका व्यक्तिहरू हुनुहुन्थ्यो भने पूर्वअध्यक्ष […]
राष्ट्रव्यापी महासत्संग समारोह शुरु

भरतपुर, १० चैत । अद्धैत संस्था लङ्कु रामघाट शाखाको आयोजनामा आइतबारबाट राष्ट्रव्यापी महासत्संग समारोह ज्ञान महायज्ञ शुरु भएको छ । लङ्कु रामघाट शाखा प्रमुख धनञ्जय सापकोटाको सभापतित्वमा सञ्चालित सो समारोहको संस्थाका केन्द्रीय सभापति एवं कुलपति सहचरी अनन्तलाल सरस्वतीले दीपप्रज्वलन गरी उद्घाटन गर्नुभएको हो । २ दिनसम्म सञ्चालन हुने सो समारोहमा राष्ट्रव्यापी भ्रमण टोलीका प्रमुख केन्द्रीय […]
बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित

काठमाडौं, १० चैत । नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । शनिबार बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए । उनका प्रतिद्वन्दी डा शशि थापा पण्डितले २७ मत पाइन् । निर्वाचित भएसँगै आचार्यले समाजलाई बाल साहित्यकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाए । […]