राष्ट्रव्यापी महासत्संग समारोह शुरु

भरतपुर, १० चैत ।
अद्धैत संस्था लङ्कु रामघाट शाखाको आयोजनामा आइतबारबाट राष्ट्रव्यापी महासत्संग समारोह ज्ञान महायज्ञ शुरु भएको छ । लङ्कु रामघाट शाखा प्रमुख धनञ्जय सापकोटाको सभापतित्वमा सञ्चालित सो समारोहको संस्थाका केन्द्रीय सभापति एवं कुलपति सहचरी अनन्तलाल सरस्वतीले दीपप्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।

२ दिनसम्म सञ्चालन हुने सो समारोहमा राष्ट्रव्यापी भ्रमण टोलीका प्रमुख केन्द्रीय सहसभापति विष्णुदास उपाध्याय, केन्द्रीय सहसचिव मोहन विक्रम शाही, केन्द्रीय सदस्य चेतराज भुषालसहित विभिन्न शाखाका प्रमुख एवं पदाधिकारी र सदस्यहरुको विशेष उपस्थिति रहेको छ ।

समारोहमा नारायणी अञ्चलका अञ्चल प्रमुख सरिता उपाध्याय, सचिव मीना खरेल, कोषाध्यक्ष बाबुराम सापकोटा, उपसचिव ऋषिराम घिमिरे, कार्यसमिति सदस्य पद्मराज पौडेल, अनिता ढकाल, दुर्गादेवी भट्टराई सहित एक सय बढी आमाबुवाको सहभागिता रहेको छ ।
समारोह अद्धैत संस्था संस्था लङ्कु शाखाका पूर्व शाखा प्रमुख स्व. जयभद्र खरेल र पूर्व उपप्रमुख स्व. झगेडी खरेलको निवासमा सञ्चालन भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library