मकवानपुर, ९ चैत ।
मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरकाे ३५३ औँ साहित्य सन्ध्या संगीतमय भएकाे छ । शनिबार संगमले नियमित सन्ध्यामा विभिन्न स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका छन् ।
नियमित सन्ध्यामा स्वस्तिका बाँनिया, राजकुमार लामिछाने, स्वस्तिका दाहाल, एस मके निधन, राम कार्की, देवराज तिवारी, दिबिसा रुम्बालगायतले रचना वाचन गरेका थिए । यसैगरी सांगीतिक कार्यक्रम अन्तरगत सुस्केरा परिवार तथा विभिन्न स्थानीय कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । प्रमेन्द्र महर्जन, सुरेश न्यौपाने, डोल्मा लामा, राम कार्की, यादव श्रेष्ठ, मनोज साही, पुरुषोत्तम आचार्यलगायतले सांगीतिक प्रस्तुतिले कार्यक्रमकाे रौनक बढाएकाे थियाे ।
संगम अध्यक्ष डीबी बर्तौलाकाे अध्यक्षता तथा केशवलाल तौजलेकाे प्रमुख आतित्थ र तुलसी घिमिरेकाे विशिष्ट आतित्थमा भएकाे ३५३ औँ सन्थ्यामा श्यामकुमार बानियाँ, देवराज खरेल, सुवास खनाललगायतकाे उपस्थिति रहेकाे थियाे । संगम उपाध्यक्ष सानु खनालले स्वागत गरेकाे कार्यक्रमकाे सहजीकरण सचिव मनोज पोख्रेलले गरेका थिए ।





