भच्चेकमा ३३० जनाको आँखा परिक्षण, ६४ जनाको शल्यक्रिया

गोरखा, ९ चैत । भच्चेक आधारभूत अस्पतालमा आयोजित निःशुल्क आँखा शिविरमा १९५ महिलासहित ३३० जनाले आँखा जाँच गराएका छन् । परीक्षण गरिएकामध्ये ६४ जनाको आँखा शल्यक्रिया गरिएको आँखा शिविरका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए । अजिरकोट र आसपासका स्थानीयलक्षित कार्यक्रम आयोजना गरिएको उनले बताए । लक्ष्यअनुसार अजिरकोट गाउँपालिकासँगै सिरानचोक गाउँपालिका र […]
`गजलसँग´मा प्रस्तुत भए ४ गजलकार

भरतपुर, ९ चैत । `गजलसँग´ कार्यक्रमको १० औँ शृङ्खलामा गुल्मीका प्राञ्जल, मकवानपुरका सागर तिमल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशीले गजल सुनाएका छन् । गजल मञ्च चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा स्रस्टाले ५/५ वटा गजल प्रस्तुत गरेका हुन् । कार्यक्रमको शुरुआतमा जाजरकोटका प्रकाश किरण प्रस्तुत भए । रङ्गरोगन नभएको कहिल्यै मर्मत नभएको म […]
रानाभाट / भाट समाज नेपाल घिरिङको अध्यक्षमा मोहन रानाभाट चयन

तनहुँ, ९ चैत । रानाभाट / भाट समाज नेपाल घिरिङ गाउँपालिका समितिको छैटौं पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । ‘हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज घिरिङ गाउँपालिका समितिको अध्यक्षमा मोहन रानाभाट सर्वसम्मत चयन भएका छन् । समाजको छैटौं पालिका अधिवेशनले मोहन […]
साहित्य संगम मकवानपुरकाे ३५३ औँ साहित्य सन्ध्यामा सांगीतिक प्रस्तुति

मकवानपुर, ९ चैत । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरकाे ३५३ औँ साहित्य सन्ध्या संगीतमय भएकाे छ । शनिबार संगमले नियमित सन्ध्यामा विभिन्न स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका छन् । नियमित सन्ध्यामा स्वस्तिका बाँनिया, राजकुमार लामिछाने, स्वस्तिका दाहाल, एस मके निधन, राम कार्की, देवराज तिवारी, दिबिसा रुम्बालगायतले रचना वाचन गरेका थिए । यसैगरी सांगीतिक […]
अक्कलध्वज गुरुङको ‘बुद्ध देशना’ सार्वजनिक

चितवन, ९ चैत । लेखक अक्कलध्वज गुरुङको नवीनतम पुस्तक ‘बुद्ध देशना’ शनिबार एक समारोहबिच सार्वजनिक गरिएको छ । चितवन जिल्ला अदालतकी न्यायाधीश एवं कार्यक्रमकी प्रमुख अतिथि दुर्गादेवी गुरुङले पुस्तक लोकार्पण गरेकी हुन् । सार्वजनिक पुस्तकमाथि मणि काफ्ले र रमाकान्त सापकोटाले टिप्पणी गरेका थिए । उनीहरुले यो लेखकको चौथो पुस्तक भएको र यसमा बुद्ध धर्म, बुद्धका […]
विश्व कविता दिवस : चितवनमा बहुभाषी कविता वाचन

भरतपुर, ९ चैत । विश्व कविता दिवसका अवसरमा अक्षर समूह चितवनले बहुभाषी कविता वाचन कार्यक्रम आयोजना गरेको छ । अक्षर समूहका अध्यक्ष रमेश प्रभातको संयोजकत्वमा नारायणगढस्थित सम्पूर्ण किताबमा शुक्रबार गरिएको कार्यक्रममा ३० जनाभन्दा बढी स्रस्टाले कविता प्रस्तुत गर्नुभयो । मार्च २१ दिन संसारभर विश्व कविता दिवस मनाइन्छ । अक्षर समूह चितवनले पनि यसै दिन बहुभाषी […]
स्वास्थ्य मन्त्री थापाद्वारा बकुलहर र आयुर्वेद अस्पतालमा छड्के अनुगमन

चितवन, ९ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको शुक्रबार छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध […]