अक्कलध्वज गुरुङको ‘बुद्ध देशना’ सार्वजनिक

चितवन, ९ चैत ।

लेखक अक्कलध्वज गुरुङको नवीनतम पुस्तक ‘बुद्ध देशना’ शनिबार एक समारोहबिच सार्वजनिक गरिएको छ । चितवन जिल्ला अदालतकी न्यायाधीश एवं कार्यक्रमकी प्रमुख अतिथि दुर्गादेवी गुरुङले पुस्तक लोकार्पण गरेकी हुन् ।

सार्वजनिक पुस्तकमाथि मणि काफ्ले र रमाकान्त सापकोटाले टिप्पणी गरेका थिए । उनीहरुले यो लेखकको चौथो पुस्तक भएको र यसमा बुद्ध धर्म, बुद्धका उपदेश र विपश्यनाबारे चर्चा गरिएको बताए ।

कार्यक्रममा तमु ह्युल छोँज धिंका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, चितवन जिल्लाका पूर्व अध्यक्ष पदमबहादुर गुरुङ, बागमती प्रदेशका पूर्वसांसद विजय सुवेदी, चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल, ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library