विश्व कविता दिवस : चितवनमा बहुभाषी कविता वाचन

भरतपुर, ९ चैत ।
विश्व कविता दिवसका अवसरमा अक्षर समूह चितवनले बहुभाषी कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
अक्षर समूहका अध्यक्ष रमेश प्रभातको संयोजकत्वमा नारायणगढस्थित सम्पूर्ण किताबमा शुक्रबार गरिएको कार्यक्रममा ३० जनाभन्दा बढी स्रस्टाले कविता प्रस्तुत गर्नुभयो ।

मार्च २१ दिन संसारभर विश्व कविता दिवस मनाइन्छ । अक्षर समूह चितवनले पनि यसै दिन बहुभाषी कविता वाचन कार्यक्रम गर्दै आइरहेको अध्यक्ष प्रभातले बताए । कार्यक्रमका बारेमा समूहका पूर्व अध्यक्ष भूपिनले प्रकाश पारेका थिए ।

कार्यक्रममा चारघरे ठिटो, रोहन रेग्मी, राधिका कल्पित, विद्या भण्डारी चिराग, गोमा पराजुली, उपेन्द्र त्रिपाठी, प्रेम कँडेल उदय, निराजन भट्टराई, अनिल गौतम, शान्ति शर्मा, आकाश पौडेल, लेखराम सापकोटा, एकदेव रिमाल, सूर्यवदना हमाल, प्राञ्जल, त्रुपक, सरला जोशी, लकास पौडेल, विपिन पाठक, बिष्णु उषा तिवारी, सूर्यप्रकाश कँडेल, सरस्वती पौडेल, योगेन्द्र न्यौपानेलगायतका स्रस्टाले कविता प्रस्तुत गरेका दिए । कार्यक्रममा नेपाली, नेपाल भाषा, हिन्दी, अङ्ग्रेजी, थारुलगायतका भाषामा कविता प्रस्तुत गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library