पत्रकार बानियाँको निधन

चितवन, ७ चैत ।
क्यान्सर पीडित पत्रकार संगीता बानियाँको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा उहाँको निधन भएको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य रहनुभएकी बानियाँ विगत दुई वर्षअघिदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।

दिवंगत बानियाको पार्थिव शरीर भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको छ । बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो । उहाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट