चितवनका खेलाडीलाई पुष्पाञ्जली अस्पतालमा २५ प्रतिशतसम्म छुट मिल्ने

चितवन, ७ चैत । चितवनका विभिन्न विधाका खेलाडीहरुले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित पुष्पाञ्जली अस्पतालमा गरिने उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन । चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी बीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चितवनका खेलाडी तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ […]
गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत

काठमाडौं, ७ चैत । गैँडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा गैँडाकोट नगरपालिकालाई पुरस्कृत गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा गैँडाकोट नगरपालिकालाई सम्मानपत्रले उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्नुभएको हो । गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति […]
सहिद शिवप्रसाद पौडेल स्मृति सम्मानबाट राधिका कल्पित सम्मानित

भरतपुर, ७ चैत । कवि, कथाकार राधिका कल्पित सम्मानित हुनुभएको छ । साहित्य सङ्गम चितवनले बिहीबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा सहिद शिवप्रसाद पौडेल स्मृति सम्मान- २०८१ बाट उहाँलाई सम्मान गरिएको हो । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र टिप्पणीकार उदय अधिकारीले कल्पितलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको […]
फिनल्याण्ड विश्वको सबैभन्दा खुसी देश
काठमाडौं, ७ चैत । फिनल्याण्ड लगातार आठौं पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ । १४७ देशहरूको यो वरीयतामा नेपाल ९२ औं स्थानमा रहेको छ भने भारत ११८ औं स्थानमा छ । अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रकाशित गरेको वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार खुसी आर्थिक विकासले मात्र निर्धारण गर्दैन, तर मानिसहरूबीचको पारस्परिक विश्वास र […]
पत्रकार बानियाँको निधन

चितवन, ७ चैत । क्यान्सर पीडित पत्रकार संगीता बानियाँको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा उहाँको निधन भएको परिवारले जनाएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य रहनुभएकी बानियाँ विगत दुई वर्षअघिदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर […]
आजबाट एसईई शुरू
भरतपुर, ७ चैत । कक्षा एकमा भर्ना भएका आधा विद्यार्थी पनि कक्षा १० को अन्तिम परीक्षा एसईई सम्म पुग्न सफल भएका छैनन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षामा पुगेका विद्यार्थी २०७२ मा कक्षा एक मा भर्ना भएका हुन् । शिक्षा मन्त्रालयका अनुसार २०७२ मा नौ लाख २७ हजार नौ सय ९३ जना विद्यार्थी […]