प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं, ४ चैत ।

नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो ।

सोमबारबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अवकाश पाउने भएसँगै सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । प्रहरी महानिरीक्षकका लागि थापासँगै एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना हुनुभएको थियो । आगामी १८ भदौसम्म उहाँ प्रहरी नेतृत्वमा रहनु हुनेछ ।

थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुनुहुन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट