गैंडाको आक्रमणबाट सिपाही घाइते

चितवन, २९ फागुन ।
माडी नगरपालिका–१ मा गैंडाको आक्रमणबाट नेपाली सेनाका एक जना सिपाही घाइते भएका छन् । बुधबार दिउँसो चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुव पोष्टबाट नजिकै सडकबाट ५० मिटर भित्र जंगलमा नयाँ गोरख गण कसरामा कार्यरत पर्सा जिल्लाको विरगन्ज महानगरपालिका–३१ का २० वर्षीय सिपाही अभिमन्यु खाँ चौधरी गैंडाको आक्रमणबाट घाइते भएका हुन् ।

गस्ती जाने क्रममा बच्चासहितको गैंडाले आक्रमण गर्दा चौधरी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चौधरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको छ । चौधरीको बाँया खुट्टा, हात, अनुहार, छातीमा भित्री चोट लागेको छ । चौधरीको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट