गति आफैँ तय गर्नुछ (कविता)

निरन्तर बग्ने खोलासँग
के हुनुपर्छ र ?
बस् पानी भए पुग्छ ।
कुना कन्दरा
ढुङ्गा माटो
गिट्टी बालुवा सबैथोक
बहन रोक्ने साधन हुन् ।

तरपनि पानी निरन्तर बहन छोड्दैन
बस्
बाटो परिवर्तन हुन सक्छ
ढिस्को र पहाड झर्न सक्छ
रुखहरुलाई पनि ढल्नुपर्छ
र, पानीमै समाहित हुनुपर्छ ।

एउटा प्राण, पानीमा अड्किएको हो वा
अक्सिजनमा
दुवै उस्तै लाग्छन् ।
त्यसैले त्यही एउटा प्राण पानीले लिन सक्छ
र, बचाउन पनि सक्छ ।

बाधा, अड्चन, रोकटोक
तिम्रा लागि पनि नहुनु
र, मेरा लागि पनि नबन्नु
यो समय हो
समयले दिशा देखाउँछ
गति आफैँले तय गर्नुछ ।

बस् निरन्तर पानी जस्तै
निश्चल र निर्धक्क ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट